अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको दोस्रो पुर्ण बैठक सम्पन्न

आइतबार, असोज ०७, २०८० मा प्रकाशित

अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको दोस्रो पुर्ण बैठक सम्पन्न

७ असाेज बुटवल । अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस क्याम्पस कमिटी अध्यक्ष कृष्ण पान्डे को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, अतिथि अनेरास्ववियु निवर्तमान अध्यक्ष गोविन्द रिजाल , अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य नवीन थापा सारु, बुटवल बहुमुखी क्याम्पस स्वतन्त्र विध्याथी युनियन अध्यक्ष दुर्गा बाहादुर एम. सि , अनेरास्ववियु जिल्ला सहसचिब सरोज खनाल, जिल्ला सदस्य भगत खड्का ,विवेक कुवर ,खेमु काफ्ले भर्खरै सम्पन्न युवा सङ नेपाल वुटवल उपमहानगरपालिका वडा न ६ का वडा अध्यक्ष शंकर काफ्ले को आतिथ्यता रहेको थियो ।

जहाँ विभिन्न एजेन्डाहरु माथी छलफल भयको थियो । भर्खरै सम्पन्न अनेरास्ववियु जिल्ला कमिटीलाई अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष कृष्ण पान्डेले बधाइ तथा शुभकामना दिनु भयको थियो। साथै विध्यार्थी लाई समस्या परेको खण्ड्मा आफू चुप नरहने बताउनु भएको छ ।

अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी अध्यक्ष भरत अर्याल
ले बोल्दै गर्दा धन्यवाद सहित रोजगारको सिर्जना गर्न र अनेरास्ववियु को कठिन आन्दोलन बाट विध्यार्थी लाई मिलेको सवारी साधन मा ४५% छुट अहिले नमिलेको र यस विषयमा तत्काल एक्सनमा आउने र सम्बन्धित निकायला झक्झकाउने बताउनु भएको छ ।

बैठकमा अनेरास्ववियु निवर्तमान अध्यक्ष गोविन्द रिजाल ले आफ्नो धन्यवाद मतव्य दिनुभएको थियो सथै अतिथी दुर्गा बाहादुर एम सि ले बधाइ दिनु भएको थियो । क्याम्पस कमिटी का उपाध्यक्ष किरण रासकोटिले स्वागत मन्तव्य दिनु भएको थियो भने सञ्चालन सचिव कुशल तिवारिले गर्नु भएको थियो । कार्यक्रमको जानकारी अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष जि डि शिखर ले दिनु भएको थियो ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो