गुल्मीमा बिप्लव नेतृत्वको नेकपाले मनायोस्मृति दिवस

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

गुल्मीमा बिप्लव नेतृत्वको नेकपाले मनायोस्मृति दिवस

गुल्मी, असोज २६ । नेत्र बिक्रम सि बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दिवंगत सहयोद्धाको सम्मानमा स्मृति दिवस मनाएको छ । उनिहरुले सदरमुकाम तम्घासमा दिवस मनाएको हुन ।

स्मृति दिवसमा बोल्दै नेकपा जिल्ला इन्चार्ज खोमा सीले पुरानो संस्कृति सामन्तवादको अर्थराजनीतिक अवशेष भएको बताएका छन् । उनले सामन्तवादका अवशेष र दलाल पुँजीवादी संस्कृति मिलेर हाइब्रीड संस्कृति बनेको बताउदै यसका विरूद्व कम्युनिस्ट संस्कृति जरुरी रहेकोे उद्घोष गरे

कार्यक्रममा जिल्ला सेक्रेटरी वसन्त सीले दिवंगत भएर गएका आफन्त एवं अग्रजहरूलाई सम्झिनुको अर्थ उनीहरूले गरेका सकारात्मक योगदानको अनुसरण गर्नु रहेकोे बताए ।

कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य बिनोद सीले गरेका थिए । कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरू, जबस मोर्चाका नेताकार्यकर्ता, स्थानीय पार्टी सदस्य एवं संचारकर्मीहरूको उपस्थिति थियो । नेकपाले गुल्मीमा केन्द्रीय कार्यक्रम अनुसार सी संस्कृति अन्तर्गत स्मृति दिवस मनाएको थिए ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो