आजको मौसम :बिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने

बिहिबार, मङि्सर २७, २०८० मा प्रकाशित

आजको मौसम :बिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने

काठमाण्डाै – बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम–बादल भइरहेको छ ।

दिउँसो केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भइरहेको हो । मौसम पूर्णरुपमा खुलेको छैन । आज, भोलि र पर्सिको मौसम पनि यस्तै रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँमा हिजोअस्तिको जस्तै गरी हुस्सुकुहिरो लागेको छ ।

पहाडी क्षेत्रमा लागेको हुस्सुकुहिरो केहीबेरमा हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने दिउँसोपछि मात्रै हुस्सुकुहिरो हट्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यसकै कारण मौसम बदली भइरहेको छ । मौसम बदली भइरहे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् कँडेलले बताउनुभयो ।

हिजो पाँचथरमा भने हल्का वर्षा भएको थियो । यसैबीच, काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौसँगै देशका धेरै ठाउँकै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले चिसो बढ्दो छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो