चौथो फोर्टिन स्टार कप : ह्याटि्रक विजेता महेन्द्रलाई हराउँदै अर्जै माविले जित्यो

बिहिबार, पुष १२, २०८० मा प्रकाशित

चौथो फोर्टिन स्टार कप : ह्याटि्रक विजेता महेन्द्रलाई हराउँदै अर्जै माविले जित्यो

अनिष पन्थी, गुल्मी । लगातार तिन पटकको फोर्टिन स्टार कपको बिजेता रहेको महेन्द्र माध्यमिक विद्यालयलाई पराजित गर्दै यसपटकको उपाधी अर्जै माध्यमिक विद्यालयले जितेको छ । चौथो फोर्टिन स्टार कप २०८० मा पेनाल्टी सुट आउटमा पराजित गर्दै अर्जै मावी मालिका गाउँपालिका -६ अर्जैले जितेको हो। निर्धारित समयमा कुनै समुहको गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

गत पुष ७ गतेबाट सुरु भएको चौथो फोर्टिन स्टार कपमा १९ बिद्यालयको सहभागी रहेको फोर्टिन स्टार युवा क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । सधै सदरमुकाम केन्द्रीत हुने यी खेलका ट्रफी यसपटक ग्रामीण भेगको भेगको विद्यालयले हात पार्दा जिल्ला स्तरीय यस्ता खेलमा ग्रामीण भेगका बिद्यालय एवं खेलाडीहरुलाइ हौसला मिलेको छ ।

रेसुङ्गा नगरपालिका बाहेक जिल्लाको इस्मा गाउँपालिकामा रहेको पालुखा माध्यमिक बिधालय, मालिका गाउपालिकामा रहेका मालिका माध्यमिक बिद्यालय सिमलटारी, देविस्थान माध्यमिक बिद्यालय घमिर र अर्जै माध्यमिक बिधालय अर्जै रहेका थिए । यसैगरी मदाने गाउँपालिकाको पृथ्वी माध्यमिक बिद्यालयको पनि सहभागीता रहेको थियो ।

फोर्टिन स्टार युवा क्लवले १३ औँ बार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगितामा तम्घास बाहिरका बिद्यालयहरुको उत्कृष्ट प्रर्दशन देखिएको थियो । चौथो फोर्टिन स्टार कप–२०८०’ मा बिजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेताले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । शहरका बिद्यालयहरुमा मात्रै केन्द्रित फुटवल खेलको मोह गाउँसम्म बिस्तार गर्न जिल्लाका क्लवहरुले लामो समयदेखि फुलबल प्रतियोगीताको आयोजना गरिरहेका छन् ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो