अघाखाँचीमा प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने

सोमबार, पुष १६, २०८० मा प्रकाशित

अघाखाँचीमा प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता गराउँने  भएको छ । पाणिनी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिता यहि पुस २६ गतेबाट धातिवाङ्गमा रहेको थामकाचौरमा हुने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गाउँपालिका  स्तरिय क्रिकेट प्रतियोगिता खेलमा प्रथम हुनेलाई नगद रु १८ हजार  ट्रफी र प्रमाणपत्र, द्रोसो हुनेलाई नगद रु १२ हजार  र विधागत प्रमाणपत्रको व्यवस्था गरिएको छ । पाणिनी गाउँपालिका स्तरिय खेल हुने भएकाले ८ वटै वडाको सहभागीता रहने आयोजकले अपेक्षा राखेको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो