अन्तर्राष्ट्रिय ज्योतिष उत्कृष्टता पुरस्कार गुल्मीका कान्छो ज्योतिषलाई

शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

अन्तर्राष्ट्रिय  ज्योतिष उत्कृष्टता पुरस्कार गुल्मीका कान्छो  ज्योतिषलाई

अनिष पन्थी, गुल्मी । अन्तर्राष्ट्रिय ज्योतिष उत्कृष्टता पुरस्कार गुल्मीका कान्छो ज्योतिषले प्राप्त गरेका छन् । भारतको कोलकत्तामा भएको अन्तर्राष्ट्रिय कन्फ्रेन्स एस्ट्रोलोजी तन्त्र तथा बास्तुमा कान्छो ज्योतिष चुरामणी पाण्डेले पुरस्कार प्राप्त गरेका हुन् ।

साउथ कोलकत्ता एस्ट्रोलोजी तथा बास्तु बिज्ञान एकेडेमीको आयोजनामा भएको कार्यक्रममा उत्कृष्टता पुरस्कार प्राप्त गरेका थिए ।
गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरमा जन्मिएका उनी अन्लाईन मार्फत बिश्वभर ज्योतिष सेवा प्रदान गर्दै आएका छन् । सम्मान बाट आफुलाइ धेरै हौसला र तन्त्र सेवामा लाग्न थप उर्जा प्राप्त भएको बताए ।

बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १४ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका र पछी ज्योतिष बिषयमा गुरुहरुको सामिप्यमा अध्ययन कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरि राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएका बहुआयामिक धार्मिक व्यक्तित्व युवा तन्त्र ज्योतिष पाण्डेको नेपालमा मात्र नभएर विश्व भर तान्त्रिक परामर्श दिने गरेका छन् ।

दर्जनौ सामाजिक तथा धार्मिक संघ सस्थामा आबद्ध रहेर काम गरेका पाण्डेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा प्रचिन विधि अनुसार उचित सेवा प्रदान गर्दै आएका छन | केही बर्षदेखी ज्योतिष,वास्तु तथा तन्त्र क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएका पाण्डे अहिले सामाजिक कर्ममा पनि निरन्तर लागिरहेका छन् ।

उनी यस अगाडि सेन्टर अप एस्ट्रोलोजीकल स्टडि रिसर्च पब्लिक वोयल फेयरको आयोजना र एसियन एस्ट्रोलोजर कन्ट्रेन ढाका, एस्ट्रोलोजिकल रिसर्च कृष्ण मुर्ति पद्दतिको सहा-अयोजनमा भारतमा भएको ३१ औं एसियन एस्ट्रोलोजर कन्फ्रेनसमा तन्त्र बिध पदक लगायत दर्जनौं पदकबाट समेत सम्मानित भएका थिए ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो