ईक्यान ललितपुरले साउनमा शैक्षिक मेला गर्दै

शुक्रबार, असार १७, २०७९ मा प्रकाशित

ईक्यान ललितपुरले साउनमा शैक्षिक मेला गर्दै

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुरले पहिलो पटक शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

इक्यान ललितपुरका अनुसार आगामी साउन २०, २१ र २२ गते ललितपुरको एकेडेमी अफ कुलिनरी आटर्स भवनमा शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

विशेष गरी उच्च शिक्षाका अध्ययनका लागि स्वदेश तथा विदेशका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न चाहने कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सहि सुचना प्रबाह गर्न लक्षित गरी मेला आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष उपेन्द्र देव ढकालले जानकारी दिनु भयो ।

मेलामा विशेष गरी ललितपुरमा सञ्चालन भइरहेको शैक्षिक परामर्श संस्था, स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

मेलामा ५० वटा भन्दा बढी कन्सलटेन्सी, विभिन्न कलेज तथा विश्वविद्यालय सहभागी हुनेछन् भने २0 हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकले मेलामा सहभागी भइ जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

मेलामा विद्यार्थी तथा अभिभावकहरुले कलेज तथा विश्वविद्यालयमा भर्नाको प्रक्रिया, छात्रवृत्ति तथा सम्पूर्ण प्रक्रियाबारे दक्ष कन्सलट्यान्टमार्फत् जानकारी लिन सक्नेछन् ।

मेलामा नेपाली विद्यार्थीका उच्च शिक्षाका लागि प्रमुख रोजाइमा रहेका गन्तव्यहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, जापान, यूरोप, बेलायतलगायत देशका रहेको कलेज तथा विश्वविद्यालयका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

‘विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयमा अध्यापन हुने विषय, त्यसका लागि लाग्ने खर्च, त्यहाँ रहँदा आइपर्ने समस्या तथा सुविधाका विषयमा पर्याप्त जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो,’ अध्यक्ष ढकालले भने ।

इक्यान ललितपुरका निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेलले इक्यान ललितपुर शैक्षिक मेलाले विद्यार्थी तथा अभिभावकका जिज्ञाशा मेटाउन सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो