नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण हुने

आइतबार, असोज ३०, २०७९ मा प्रकाशित

नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण हुने

कार्तिक ११ देखि १५ गते ( अक्टोबर २८ देखि नोभेम्बर १)सम्म काठमाडौँमा ‘११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो ।

चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सवमा  १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रदर्शन हुनेछ । महोत्सव नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा पनि आयोजना हुने आयोजकले बताएको छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित हुनेछ ।

गतवर्ष अनलाईन मार्फत आयोजित महोत्सवले  ६००० दर्शक पाएको थियो । यो वर्ष चलचित्र भौतिक  र अनलाईन माध्यम गरी मिश्रित विधिबाट महोत्सव आयोजना हुनेछ । अनलाईन चलचित्र महोत्सवमा नेपाली वृत्तचित्र गोर्खा गर्ल सहित आठ  चलचित्र सहभागी छन् ।युरोपका १३ उत्कृष्ट र ३ नेपाली चलचित्र महोत्सवमा प्रस्तुत गर्न पाउँदा आफू धेरै उत्साहित रहेको नेपालस्थित युरोपेली युनियनको डेलिगेशनका कार्यवाहक प्रमुख जोयेले हिभोनेटले बताए । १३ युरोपियन चलचित्र मध्ये रिताहुतानेनले निर्देशन गरेको ‘गड्स् अफमोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ मा नेपाली सब्टाईटल समेत हुनेछ ।

नेपाली चलचित्र तर्फ ‘ऐना भ्mयालको पुतली’,किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ रहेका छन् । ओपनिङ्ग फिल्म ‘गड्स् अफमोलेन्बीक’ रिताहुतानेनले निर्देशन गरेको वृत्तचित्र हो । यो चलचित्र ब्रसेल्स्को मोलेन्बीक ईलाकामा रहेका दुई ६ वर्षीय बालकको अन्तक्र्रिया र कल्पनाको सेरोफेरोमा आधारित छ । चलचित्रमा उनीहरूले माकुराको आवाज सुन्छन्, ब्ल्याकहोल पत्ता लगाउँछन् र आप्mनो पूर्खाको भूमिमा पु¥याउने भनिएको उड्ने गलैँचाको कमाण्ड कसले गर्ने भनेर बाझाबाझ गर्छन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो