कलेजमा छात्रवृत्ति सिट, ‘बेरियर’मा परेपछि पढ्नै वञ्चित

मङ्गलबार, कार्तिक २८, २०७९ मा प्रकाशित

कलेजमा छात्रवृत्ति सिट, ‘बेरियर’मा परेपछि पढ्नै वञ्चित

४० लाखभन्दा बढी शुल्क तिरिसके पनि पढ्न अयोग्य

राजीव दास चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट एमबीबीएस पढ्न छात्रवृत्ति पाएका थिए । छात्रवृत्ति पाएर उनी गण्डकी मेडिकल कलेजमा भर्ना भए । तर, दोस्रो वर्षमा फेल भएपछि कलेजले एमबीबीएस पढ्न नसक्ने भन्दै फिर्ता पठाइदियो । अर्थात् उनको मेडिकल शिक्षाको भर्ना नै रद्द गरिदियो ।

राजीवसँगै धेरै विद्यार्थीहरू बेरियरमा परेर अयोग्य करार हुँदै बाहिरिन पुगे । । उनी छात्रवृत्तिमा पढ्दै गरे पनि प्रति वर्ष ३७ हजार शुल्क कलेजलाई बुझाइ रहेका थिए । बेरियरमा परेका उनले तीन वर्षको ३७ हजारका दरले १ लाख ११ हजार रुपैयाँ कलेजलाई बुझाइसकेका थिए । कोरोना महामारीका कारणले उनले राम्रोसँग पढ्न पाएका थिएनन् । ‘२०७७ मा हामी आउट भएका थियौँ । त्यो बेला कोरोनाकाल थियो । राम्रोसँग पढ्न पाएका थिएनौँ । कोरोनाले गर्दा एक चान्स दिनुहोस् भन्यौ तर पाइएन,’ राजीवले भने ।

लकडाउनको बेला राजीव ५÷६ महिना घरमै थिए भने अध्ययनको लागि किताब कलेजमै थियो । लकडाउन खुलेपछि उनी काठमाडौँ आए । तर, आएको २५ दिनमै परीक्षा सुरु भयो । एकातिर कोरोनाका कारण पढ्न पाएका थिएनन् भने अर्कोतिर कोरोना महामारीको त्रासदीपूर्ण वातावरणले सहजै परीक्षा दिन सकिने अवस्था थिएन ।

किनकि राजीवले त्यही बेला कोरोनाका कारण परिवारका २ जना सदस्य गुमाउन पुगेका थिए । यसरी एकीकृत प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याएर छात्रवृत्ति पाएका उनले परीक्षामा राम्रो गर्न सकेनन् । र, बेरियरमा परे । अनि एनएफटी ९नट फिट फर टेक्निकल एजुकेशन० घोषित भए ।

राजीव गुनासो पोख्छन्, ‘त्यो बेला मेरो घरमा २ जनाको मृत्यु भएको थियो । परिवारका अरू पनि बिरामी थिए । यसले पढ्नै पाइएन । तयारी पुगेन । तर कलेजले समस्या नै बुझेन ।’ बुटवलका समर ९नाम परिवर्तन० किष्ट मेडिकल कलेजमा एमबीबीएस पढ्थे । तर, २०७७ सालमा दोस्रो वर्षमा एक विषयमा फेल भएपछि उनी ‘एनएफटी’मा परे ।

कोरोना महामारीका बीच लिइएको परीक्षामा उनी सफल हुन सकेनन् । २०७६ को चैतमा परीक्षा हुने भनिएको थियो । तर, कोरोना महामारीका कारण परीक्षा नै स्थगित भयो । परीक्षा स्थगित भएपछि उनी घरतिर लागे । पछि परीक्षा हुँदा उनको एक विषयको पास मार्कमा मात्र ४ नम्बर नपुगेर मेडिकल शिक्षा पढ्न ‘अनफिट’ भए ।

‘मेरो जम्मा चार नम्बर पुगेको थिएन । १२० मा ६० अङ्क ल्याउनुपर्नेमा ५६ नम्बर मात्र आयो । अनि बेरियरबाट घर फर्किन पर्‍यो ।’ उनले भने ।​ जबकि दोस्रो वर्षमा नै बेरियरमा परेर आउट भएका उनले कलेजलाई भने ५ वर्षकै पुरै शुल्क ४५ लाखभन्दा बढी बुझाइसकेका थिए ।

आईओएमको प्रावधानअनुसार एउटै विषयमा एक नम्बरले पनि फेल भएमा बेरियरमा परिन्छ । तर, कतिपय विद्यार्थीहरू भने मेडिकल शिक्षा पढिरहेका पनि छन् ।

‘भन्दाखेरी एनएफटी भनिन्छ । तर, कतिपय साथीहरूले पढिरहेका छन् । एमबीबीएसमा बेरियरमा परेर बीडीएस पढेका पनि छन्, फेरि इन्ट्रान्स दिएर अर्को विश्वविद्यालयमा गएर एमबीबीएस नै पढेका पनि छन् ।’ ती विद्यार्थीले भने ।

उनको ब्याचमा बेरियरमा पर्नेहरूले ४५ देखि ४८ लाख रुपैयाँसम्म शुल्क तिरेका थिए । उनी अचेल अन्योलग्रस्त अवस्थामा छन् । ‘अहिले त्यत्तिकै बसिरहेको छु । खाली समय भएकाले अहिले लोकसेवाको तयारी गरिरहेको छु । आईओएमले सहमति गरेकाले केही हुन्छ कि भन्ने आशामा छु ।’ उनले भने ।

भारतको मुम्बई घर भएकी एक विद्यार्थीले सानोभर्‍याङमा रहेको नेपाल आर्मी कलेजबाट एमबीबीएस पढिरहेकी थिइन् । उनी दोस्रो वर्ष बेरियरमा परिन् ।

‘मैले पुरै ४२ लाख भारू बुझाएकी थिए । म भारतीय भएकाले मैले भारुमा बुझाउनुपर्छ । नेपाली नागरिकले जति बुझाउनुपर्ने हो, भारतीयले पनि त्यत्तिकै नै बुझाउनुपर्ने तर, भारुमा ।’ उनले भनिन् । उनी यतिबेला परीक्षा हुन्छ कि भन्ने आशामा काठमाडौंमै बसेकी छिन् ।

यसरी लाखौँ शुल्क तिरेपछि परीक्षामा असफल भएको भन्दै कलेजले चिकित्सा शिक्षा अध्ययन नै गर्न नसक्ने गरी अयोग्य करार गरेका करिब ३ सय जना छन् । उनीहरू न आफ्नो करिअरलाई अगाडि बढाउन सकिरहेका छन्, न त आफूमाथि लागेको अयोग्यको बिल्ला हटाउन सक्ने अवस्थामा छन् ।

अनुरोध अस्वीकार्य

बेरियरमा परेका विद्यार्थीहरूले अर्को मौका दिनको लागि पटक पटक अनुरोध गरे । तर, डीनको कार्यालयले उनीहरूको अनुरोध सुनेको छैन ।

‘डीनलाई धेरै अनुरोध गर्‍यौँ । उहाँको खुट्टा पनि ढोग्यौँ । तर, उहाँले तिमीहरू अब पढ्न लायक नै छैनौँ । पढ्न सक्दैनौँ, तिमीहरू फेल भइसक्यौँ भनेर पन्छिनुभयो ।’ राजीवले भने ।

नेपालमा चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएसमा मात्रै बेरियर प्रणाली लागू छ । अन्यमा भने पास नहुँदासम्म अगाडि बढ्न पाउँछन् । पाए भएपछि त्यो विद्यार्थी सम्बन्धित विषयको विज्ञ हुन्छन् ।

बेरियर सिस्टम हटाउन माग गर्दै पीडित विद्यार्थीहरूले पटक पटक आन्दोलन पनि गरे । एक महिनासम्म अनशनमा पनि बसे । तर, त्यहाँबाट पनि कुनै निकास ननिस्किएपछि बाध्य भएर उनीहरू आईओएमको कार्यालयमा तालाबन्दीसमेत गरे ।

तालाबन्दीपछि गत भदौ ३१ मा पीडित विद्यार्थी र आईओएमबीच एउटा सहमति भएको थियो । अहिले आईओएमले उक्त सहमति कार्यान्वयनको चरणमा लगेको छ ।

यो सहमतिसम्म पुग्न आफूहरूले एक वर्षभन्दा बढी संघर्ष गर्नुपरेको पीडित विद्यार्थी संघका संयोजकसमेत रहेका दासले बताए ।

२०५० सालमा आईओएमले एउटा निर्णय गरेको थियो । त्यो बेला एमबीबीएस दोस्रो वर्षमा बेरियर राखिएको थियो ।

त्यतिखेर विद्यार्थीहरू बेरियरमा परेर आउट भएपछि खासै मतलब गर्दैनथे । आउट भयो भने विद्यार्थी घर फर्किन बाध्य हसन्थे । यसका विरुद्ध २०६८ र २०७२ सालमा गरेर दुई पटक सर्वोच्च अदालतमा रिट पनि परेको थियो । तर, विद्यार्थीसँग पर्याप्त प्रमाण नभएका कारण हारेका थिए ।

किन फेल हुन्छन् विद्यार्थी रु

एमबीबीएस दोस्रो वर्षमा फेल भइसकेपछि चार पटक चान्स दिइन्छ भने पहिलो वर्षमा फेल भएमा ६ पटक चान्स दिइन्छ । त्यति पटकको चान्समा पनि फेल भएको खण्डमा त्यो विद्यार्थी बेरियरमा पर्छ ।

चार पटकसम्म पनि फेल भएको विद्यार्थी चार वर्ष फेल भयो भनेर बुझिन्छ । तर, त्यस्तो होइन । १७÷१८ महिनाको अवधिमा ४ वटा परीक्षा दिनुपर्छ । लगातारको परीक्षा हुँदा विद्यार्थीमा पढाईको भार थपिन्छ ।

पीडित विद्यार्थी संघका संयोजकसमेत रहेका दासले विद्यार्थी बेरियरमा पर्नुको धेरै कारण रहेको बताए ।

‘परीक्षा प्रणाली निकै पुरानो छ । एक त लगातार परीक्षा गराइन्छ । परीक्षाको बीचमा ग्याप हुँदैन । सेकेण्ड ईयरको परीक्षापछि कसैको फस्ट ईयरको ब्याक छ भने १५÷१६ दिनको मात्र समय दिइन्छ । त्यो छोटो अवधिमा विद्यार्थीले पढ्नै सक्दैन । दुवै कटाउने चक्करमा विद्यार्थी दुवै विषयमा फेल भइरहेको हुन्छ,’ उनले कारण खुलाए ।

अर्को कुरा भनेको एक्जाम पेपर बढी हुनु हो । ‘सेकेण्ड ईयरमा तीन वटा इक्जाम पेपर हुन्छ । एउटा एक्जाम पेपरमा १८ वटा विषय राखिदिन्छन् । अनि विद्यार्थीलाई भार हुँदैन त रु’ उनले प्रश्न गरे ।

‘काठमाडौँ विश्वविद्यालयमा सेकेण्ड इयरको परीक्षामा ६ वटा पेपर हुन्छन् । त्यसमा ६÷६ वटा विषय हुन्छ । त्यसो भयो भने विद्यार्थीलाई पढ्न पनि सजिलो भयो, भार कम हुन्छ । तर, टियूमा भने एउटा इक्जाम पेपरमा १८ वटा विषय राखिन्छ । यसले विद्यार्थीलाई प्रेसर बढी पर्छ ।’ उनले भने ।

‘उनीहरूको सोचाई के हुन्छ भने हामी डाक्टर बन्नै सक्दैनौँ । कुनै पनि विद्यार्थीलाई फेल हुने रहर हुँदैन । केही न केही तत्वले प्रभाव पारेको हुन्छ पढाइ । तर, यहाँ त्यो परिस्थिति बुझ्ने मान्छे हुँदैनन् ।’ राजीवले भने ।

आईओएमको निर्णय नै त्रुटिपूर्ण

चिकित्सा शिक्षा अध्ययन संस्थान डीनको कार्यालय ९आईओएम० को विद्या परिषद्ले २०५० सालमा बेरियर सिस्टम लगाउने निर्णय गरेको थियो । यदि विद्यार्थीले पास गर्न सकेन भने त्यो विद्यार्थी चिकित्सा शिक्षा पढ्नबाट अयोग्य ठहरिएर घर फर्किनुपर्ने भन्ने थियो ।

अयोग्य ठह¥याएको विद्यार्थीबाट पाँच वर्षको शुल्क सुरूमै लिइसकेको हुन्छ । त्यही विद्यार्थीले तिरेको शुल्क कलेजको लागि योग्य हुने तर, विद्यार्थी अयोग्य ठहरिने यो कस्तो खालको सिस्टम हो भन्दै राजीवले प्रश्न गरे ।

जबकि बेरियरमा परेर निकालिएका विद्यार्थीहरूले चिकित्सा शिक्षा पढ्न नपाएपछि झण्डै एक अर्ब रुपैयाँ भने कलेजहरूलाई बुझाइसकेका छन् । कि त त्यो रकम फिर्ता हुनुपर्छ ।

विश्वविद्यालय र प्रतिष्ठानपिच्छे फरक भनाइ

बेरियर सिस्टममा काठमाडौँ विश्वविद्यालयले सेकेण्ड ईयरका विद्यार्थीलाई ६ पटक मौका दिन्छ । तर, त्रिविको आईओएममा भने चार पटक मात्र मौका दिइन्छ ।

त्यस्तै, धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि ६ पटक मौका दिन्छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेरियर सिस्टमै छैन । पाटनमा भर्ना भएको मितिले १० वर्षसम्म पढ्न पाइन्छ । त्यो समयभित्र पास भइसक्नुपर्छ ।

एउटै आयोगले प्रवेश परीक्षा लिने, एउटै मेडिकल काउन्सिलले लाइसेन्स दिने मेडिकल शिक्षामा भने पढ्दा किन फरक फरक सिस्टम रु यो पीडित विद्यार्थीहरूको गुनासो हो ।

अहिले पनि प्रत्येक वर्ष ३५ देखि ४० जना विद्यार्थी बेरियर प्रणालीबाट निकालिने गरेका छन् । एकातिर देशमा स्वास्थ्य जनशक्तिको अभाव छ, अर्कोतिर सरकार चिकित्सा शिक्षा पढ्नबाट वञ्चित गराइरहेको राजीवको गुनासो छ ।

विद्यार्थीहरू अयोग्य नभई आईओएमले आफ्नो परीक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने उनको भनाई छ । आईओएममा ग्रेस सिस्टम ९पासमार्क पुगेन भने थपेर पासमार्क दिने० चलन छैन । ६० मा ५९ अङ्क ल्याएमा पनि त्यो विद्यार्थी फेल हुन्छ ।

२०६७ सालमा पहिलो पटक मौका परीक्षा

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानले २०७६ सालमा पहिलो पटक मौका परीक्षाका लागि अवसर दिएको थियो ।

प्रथम फेजको दोश्रो वर्षका विषय चार पटक अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई एक पटकको लागि मौका परीक्षा दिने भन्दै आइओएमले मौका परीक्षाको अवसर दिएको थियो ।

आईओएमले २०५० मा बेरियरका विषयमा निर्णय गरिएको भनिएको छ । तर, यसको आधिकारिक निर्णय भने देखिएको छैन । त्रिविको नियमअनुसार स्नातक तहमा भर्ना भएको विद्यार्थीलाई ९ वर्ष भित्रमा पासआउट भइसक्नुपर्ने व्यवस्था गरेको थियो ।

५ वर्षको कोर्ष ९ वर्षमा पनि पास गर्न सकेन भने बल्ल बेरियर लाग्छ । तर, आईओएमले त दोस्रो वर्षमै बेरियर लगाईदिएको पीडित विद्यार्थीहरूको गुनासो छ ।

यो विषयमा सूचना माग गर्दै राजीवले परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग सूचना माग गरेका थिए । उनले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगले २० हजार रुपैयाँ जरिवाना गराएको थियो ।

आईओएमको बेरियरका कारण चिकित्सा शिक्षा अध्ययन गर्ने ५ जना विद्यार्थीले आत्महत्यासमेत गरेका छन् ।

लामो समयसम्म आन्दोलन गरेपछि आईओएमले उनीहरूसँग सहमति गरेको थियो । विद्यार्थीहरूसँग गरिएको सहमति कार्यान्वयनको लागि आईओएमले एक कार्यदल गठन गरेको छ । कार्यदलको सुझावका आधारमा अगाडि बढिने आईओएमले जनाएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो