बैंकमा धितो राखेको सुन नै नक्कली, साँवा ब्याज बुझाउन नआएपछि मात्रै थाहा पायो बैंकले

मङ्गलबार, कार्तिक २८, २०७९ मा प्रकाशित

बैंकमा धितो राखेको सुन नै नक्कली, साँवा ब्याज बुझाउन नआएपछि मात्रै थाहा पायो बैंकले

राजेश पराजुली, पोखरा । कास्की प्रहरीले नक्कली सुन धितो राखेर ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा स्थायी घर भई कास्कीको सराङकोट बस्दै आएका २५ वर्षीय अभिशेक सुनार रहेका छन् ।

प्रहरीका अनुसार सुनारले राष्ट्रिय वाणिज्य बैंकको विरौटास्थित शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएका थिए ।

सुन भएको मानेर ऋण दिएको बैंक लामो समय ऋिणी सम्पर्कमा नआएपछि झस्किएको थियो ।

धितो राखेको भनिएको सुन जाँच गर्दा नक्कली परेपछि सुनारले ठगेको खुलेको प्रहरीले दाबी गरेको छ । सुन धितो राख्दा बैंकले जाँच गरेर मात्र राख्ने गर्छ । तर बैंकका कर्मचारीको भूमिकाका विषयमा भने प्रहरीले केही बताएको छैन ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो