सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?

मङ्गलबार, मङि्सर १९, २०७९ मा प्रकाशित

सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?

काठमाडौं । अघिल्लो दिनको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो छापावाला सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो