पोखरा लिटरेचर फेस्टिभलको वक्तामा केपी ओली

शुक्रबार, मङि्सर २२, २०७९ मा प्रकाशित

पोखरा लिटरेचर फेस्टिभलको वक्तामा केपी ओली

राजेश पराजुली, पोखरा । बुक वर्म फाउण्डेशनको आयोजनामा हुने लिटरेचर फेस्टिभललाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आउने भएका छन् । फाउण्डेशनको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा सञ्चालन हुने १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री ओली पोखरा आउने भएका हुन् ।

ओलीले लिटरेचर फेस्टिभल वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए । भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ ।

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् । फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको बिहिबार फेसबुकमा ​ पोस्ट गरेका छन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो