गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई यौनहिंसा विरुद्ध प्रशिक्षण

शुक्रबार, मङि्सर २२, २०७९ मा प्रकाशित

गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई यौनहिंसा विरुद्ध प्रशिक्षण

चितवन । रत्ननगरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई यौन हिंसा विरुद्ध विहीबार प्रशिक्षण दिइएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरको सहयोगमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको सो कार्यक्रममा १४० जना बालबालिकाको सहभागिता रहेको थियो ।

बाइजुराज महिला समितिले बालबालिकालाई हिंसा विरुद्ध प्रशिक्षणसंगै स्टेशनरी समेत सहयोग गरेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी सहायक निरीक्षक पवन बस्नेतले नेपालमा यौनहिंसाको अबस्था,कानुनी उपचार र प्रतिबादको उपायहरुको बारेमा बालबालिकालाई प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं ११ का वडाध्यक्ष श्याम श्रेष्ठले बालयौन हिंसा अन्त्यको लागि सामुहिक प्रयास आवश्यक रहेको बताए ।

विपन्न बस्तीहरुमा हिंसाका घटना बढी हुने गरेको भन्दै उनले त्यस्ता बस्तीहरुमा जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमिति चितवनकी अध्यक्ष शोभा ओली शर्माले प्रहरीसंग सहकार्य गरी समाजलाई हिंसामुक्त बनाउन अभियान सञ्चालन गरेको बताइन ।

हिंसा रोक्न चेतनामात्र फैलाएर पुग्दो रहेनछ उनले भनिन कानुनी प्राबधानका बारेमा पनि जानकारी गराएर सचेत बनाउनु पर्ने देखिएको छ । दण्डसजायका बारेमा जानकारी नहुँदा पनि घट्ना बढ्दै गएको उनको भनाई छ । कार्यक्रममाा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी–लुम्बिनी सयुक्त प्रदेश समितिका अध्यक्ष युवराज बराल, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति देवघाटकी अध्यक्ष पारु केसी,संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा लगायतले मन्तव्य राखेका थिए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो