थुनामुक्त हुन सन्दीप लामिछानेले दिएको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुने

बिहिबार, पुष ०६, २०७९ मा प्रकाशित

थुनामुक्त हुन सन्दीप लामिछानेले दिएको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेले नाबालिग बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णय विरूद्धको निवेदनमा आज उच्च अदालत पाटनले सुनुवाइ गर्दैछ।

न्यायाधीश महेन्द्रनथा उपाध्याय र किरण पोखरेल इजलासले उनको निवेदनमाथि सुनुवाइ गर्ने पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेका लामिछानेले आफूलाई थुनामुक्त गर्नुपर्ने माग गर्दै गएको बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

आज उनका वकिलले सुनुवाइ स्थगित गर्ने निवेदन दिएनन् भने सुनुवाइ हुन सक्छ।

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्ध १२ वर्षसम्म कैद र पीडितलाई क्षतिपूर्ति भराउने माग गर्दै कात्तिक १४ गते मुद्दा लगाएको थियो।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को ९घ० अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।

उक्त उपदफाको ९घ० मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

लामिछाने भदौ ६ गते उनी टी(२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।

सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

 

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो