स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव

मङ्गलबार, पुष ११, २०७९ मा प्रकाशित

स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव

स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनाव गर्न त्रिविले तयारी थालेको छ।

त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो।

स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्न प्रस्ताव गरेको बताए।

त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनावको मिति तोक्ने सहमति जुटेको छ। त्रिवि क्याम्पसमा २०६५ देखि स्ववियु चुनाव भएको छैन।

स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।

भ्कभधबलष्अ
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सबै सङ्गठन स्ववियु निर्वाचनमा एकमत रहेकाले निर्वाचनको मिति तोक्न त्रिविलाई आग्रह गरिएको बताइन्।

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले पनि चुनावको मिति तोक्नेबारे छलफल भएको बताइन्। ‘त्रिविले ल्याएको फागुन २८ को प्रस्ताव र फागुन १४ वा चैत १४ मध्ये एक दिन चुनाव गर्ने गरी छलफल भएको छ,’ उनले भनिन्।

त्रिविले परीक्षा र भर्नालाई असर नपर्ने गरी फागुन २८ गते चुनाव गर्न उपयुक्त हुने बताएको छ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो