यी व्यक्तिलाई चिनेर खबर गर्नेलाई अख्तियारले ५० हजार रुपैयाँ दिने!

सोमबार, पुष १७, २०७९ मा प्रकाशित

यी व्यक्तिलाई चिनेर खबर गर्नेलाई अख्तियारले ५० हजार रुपैयाँ दिने!

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत पुस ६ गते वेबसाइटमा एउटा सूचना राखेको छ( मानिस पहिचानसम्बन्धी।

फोटोसमेत राखिएको उक्त सूचनामा करिब ३५र४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरूषलाई कसैले देखे वा पहिचान गरेमा खबर गर्न भनिएको छ।

ती व्यक्तिलाई पहिचान गरी सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट जारी भएको सूचनामा उल्लेख छ।

उक्त व्यक्तिलाई देखेमा नजिकैको प्रहरी कार्यालय वा आयोगका फोन नम्बरहरूमा खबर गर्नसमेत भनिएको छ। अख्तियारले सिसीक्यामेरा फुटेजबाट लिइएका शंकास्पद व्यक्तिका दुई तस्बिरसमेत समावेश गरी सूचना निकालेको हो।

अख्तियारले यी व्यक्तिलाई सार्वजनिक सूचना नै जारी गरेर खोज्नुको कारण भने भ्रष्टाचार अपराधको अनुसन्‍धानका लागि हो।

यी व्यक्तिविरूद्ध त्रिभुवन विश्वविद्यालयबाट करिब २६ लाख रूपैयाँ ठगी गरेको आरोपमा भ्रष्टाचार मुद्दा छ। उनको नाम खुलाइएको छैन।


त्रिविले लिने परीक्षाका उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर उनले त्रिविको खातामा रहेको २६ लाखभन्दा बढी रकम काठमाडौंका बैंकबाट झिकेको भन्दै अख्तियारमा मुद्दा परेको थियो। यो घटना २०७५ सालअघिको हो।

यी व्यक्तिलाई पहिचान गर्नेबारे काठमाडौं प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० लगायतले पनि अनुसन्धान गरेका थिए। त्यहाँबाट पार नलागेपछि यो विषय अख्तियारमा पुगेको छ।

अख्तियारले अनुसन्धानमा सहयोग पुगोस् भनेर यी पुरूषको पहिचान खोजेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले मानिस पहिचानका लागि सूचना निकाल्नुपरेको बताए।

‘कुन मुद्दाको अनुसन्धानका लागि हो भनेर खुलाउन मिल्दैन। तर यहाँ आएका कुनै मुद्दाका लागि मानिस पहिचान गर्न हामीले सूचना निकालेका हौं,’ उनले भने।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो