नेपाल टी-२० : पोखराले काठमाडौंलाई हरायो

मङ्गलबार, पुष १८, २०७९ मा प्रकाशित

नेपाल टी-२० : पोखराले काठमाडौंलाई हरायो

नेपाल टी(२० लिगमा पोखरा एभेन्जर्सले तेस्रो जित हात पारेको छ।

सोमबार भएको खेलमा पोखराले काठमाडौं नाइट्सलाई ५ विकेटले हरायो।

जितसँगै अंक तालिकाको चौथो स्थानको पोखराले ८ खेलबाट ६ अंक जोडेको छ। तेस्रो स्थानको काठमाडौंको ६ खेलबाट ६ अंक नै छ।

सोमबार कीर्तिपुर मैदानमा काठमाडौंले दिएको १६५ रनको लक्ष्य पोखराले ५ विकेटको क्षतिमा २ बल खेल्न बाँकी छदा पार गर्‍यो।

भ्कभधबलष्अ
पोखराका लागि सुमित महर्जनले ७६ रन जोडे। उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। कप्तान उपुल थारांगाले ४९ बलमा ५८ रन जोडे भने कुशल मल्लले ८ बलमा नटआउट १४ रन बटुले।

बलिङमा काठमाडौंका कमलसिंह ऐरीले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४ विकेटको क्षतिमा १६४ रन जोड्यो। काठमाडौंका लागि सुनाम गौतमले ४५ रन र एलेक्स ब्लेकले ६४ रनको योगदान गरे।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो