यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौंमा प्रहरीले छापा मारेको छ।
बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद थप गर्ने प्रहरीले तयारी गरिरहेको छ।
त्भबअजभ्कभधबलष्अ
सेवाग्राहीलाई बिचौलियाले दुस्ख दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यसअघि पनि प्रहरीले विभिन्न यातायात कार्यालयबाट बिचौलियाहरूलाई पक्राउ गर्ने गरेको छ।







