चन्द्रकोटका सय घरधुरीलाई निःशुल्क विद्युत् मिटर

आइतबार, चैत १२, २०७९ मा प्रकाशित

चन्द्रकोटका सय घरधुरीलाई निःशुल्क विद्युत् मिटर

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका भित्रका करिब सय जना विपन्न परिवारले त्यहाँ विद्युत् सुविधा पुगेको झन्डै १५ वर्षपछि बत्ती बाल्न पाउने भएका छन् ।

त्यस पालिकाको वडा नम्बर २ देखि ६ सम्मका ९६ घरधुरी विपन्नलाई चन्द्रकोट गाउँपालिकाले शनिबार निःशुल्क विद्युत्को मिटर वितरण गरेपछि बल्ल ती परिवारले विद्युत् सुविधा पाउने भएका हुन् ।

२०६५ सालमा पहिलोपटक विद्युत् पुगेको शान्तिपुर इलाकामा हालसम्म पनि बत्ती बाल्न नसकेका गरिब, दलित, विपन्न परिवारलाई गाउँपालिकाले निःशुल्क मिटर वितरण गरेपछि ती परिवारमा खुशी छाएको छ । शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूहले ६ हजार बराबरको सदस्यता शुल्क छुट गरेको र चन्द्रकोट गाउँपालिकाले ४ हजार बरबरको मिटर जडान शुल्क तिरिदिएपछि विपन्न परिवारले विद्युत् सेवा पाउने वातावरण मिलेको त्यस गाउँपालिका अध्यक्ष युवाराज केसीले बताए ।

मिटर वितरण कार्यक्रममा अध्यक्ष केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, विद्युत् उपभोक्ता समितिका अध्यक्ष धातानन्द शर्मा सहित त्यहाँ कृयाशिल राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो