अर्घाखाँची: डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

अर्घाखाँची: डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु

सन्धिखर्क – कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु भएको छ ।डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटो परीक्षणका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।

मंगलबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट कृषकले ल्याएको माटोको नमूना निःशुल्क परीक्षण गरिने कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।यसका लागि ६ वटै पालिकामा ११ जना प्राविधिक खटाइएको छ ।प्राविधिकले नमुना संकलन गरि रिपोर्ट समेत पालिकामा बुझाएर कृषकलाई सहज हुने बताएको छ ।

डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएच, लगायत परिक्षण हुने बताइएको छ ।कृषकलाई सुचना प्रभामा सहज होस भनेर कार्यक्रमको उद्घाटन पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालबाट गरिएको बताएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो