अमेरिकी लिगमा मायमीको ११ खेलपछि जित, लिगको डेब्यूमा मेसीको गोल

आइतबार, भदौ १०, २०८० मा प्रकाशित

अमेरिकी लिगमा मायमीको ११ खेलपछि जित, लिगको डेब्यूमा मेसीको गोल

अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मायमीले ११ खेलपछि जित हात पारेको छ।

आज भएको खलमा मायमीले एनवाई रेड बुल्सलाई २-० गोलले पराजित गर्‍यो।

यसअघि लिग्स कप र युएस ओपन खेलेका अर्जेन्टाइन सुपरस्‍टार लिओनल मेसीले आजको खेलमार्फत् अमेरिकी लिगमा डेब्यू गरे।

डेब्यू खेलमै गोल गर्ने क्रममा मेसीले खेलको ८९ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए।

त्यसअघि मायमीका लागि डिएगो गोमेजले खेलको ३७ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।

यसअघि लगातार ११ खेलमा पराजित भएको मायमीलाई जितले राहत दिएको छ।

टिममा मेसी आएपछि मायमीले कुनै पनि खेलमा हार बेहोर्नु परेको छैन।

लिगको वेस्टर्नतर्फको अंक तालिकामा मायमी १५ क्लब मध्ये १४ औं स्थानमा छ। आजको जितले १४औं स्थानमा उक्लिएको उसले २३ खेलबाट २१ अंक जोडेको छ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो