बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन, प्रदर्शनकारी माथि प्रहरी हस्तक्षेप

आइतबार, भदौ ०९, २०८० मा प्रकाशित

बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन, प्रदर्शनकारी माथि प्रहरी हस्तक्षेप

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रर्दशन कार्यक्रमलाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज खेम घर्ती माहुरीले एमसीसी नेपाली जनताले नभई विदेशीको ईशासरामा चल्ने शक्तिकेन्द्रका अमेरिकी भक्तहरूले पास गरेपनि कार्यान्वयन नहुने बताउदै एम सि सि को विरुद्धमा आम जनता सडकमा आउनु पर्नेमा जोड दिदै देश रहे मत्रै यहाका पार्टी रहने भन्दै पहिलोकुरा देश, रास्ट्र रहनु पर्नेमा ठुला हात्ती पार्टीहरु बिदेशीको इसरामा चलेको भन्दै कुनै पनि हालतमा एम सिसि कार्यान्वयन नहुने बताए ।

एक फरक प्रसगमा नेता माहुरीले नेपाली जनता स्वाधीनताको पक्षमा राष्ट्रियताको पक्षमा राम्रोसँग कदम चालेर विदेशी शक्तिकेन्द्र बाट नेपाललाई स्वाधीन राष्ट्रको अनुभुति दिलाउन सक्ने बताए । अर्घाखाँचीको सन्धिखर्कमा नेकपाले आयोजना गरेको जनप्रर्दशन कार्यक्रममा प्रहरीले उल्लेखनीय मात्रामा हस्तक्षेप गरी नेकपाका नेता तथा कार्यकर्तालाई लक्षारपक्षार गरी गिरफ्तार गर्न खोजेता पनि जनताको एमसीसी चाहिँदैन देश बेच्न पाईदैन ठुलो राष्ट्र नभई स्वाधीन राष्ट्रको अनुभुति दिलाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो