गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

आइतबार, भदौ १६, २०८० मा प्रकाशित

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

१७ भदौ, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।

शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।

चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो