घट्यो सुन चाँदीको मूल्य

मङ्गलबार, भदौ १८, २०८० मा प्रकाशित

घट्यो सुन चाँदीको मूल्य

१९ भदौ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य तोलामा एक लाख १२ जहार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो