भूकम्प प्रभावितलाई रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

बुधबार, मङि्सर २६, २०८० मा प्रकाशित

भूकम्प प्रभावितलाई रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

बुटवल, २७ मंसिर । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम जिल्लामा सहयोग अभाव भैरहेको बेला रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । रोटरीयन डा. हिरा बहादुर शाहको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रमा करीब ५ लाख रुपैया बराबरको सहयोग गरेको हो ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रामवहादुर कोइरीको अगुवाईमा पदाधिकारी तथा सदस्यहरुबाट सहयोग जुटाइएको थियो । क्लबका पुर्व अध्यक्ष डा. हिराबहादुर शाहको नेतृत्वमा राहत सामग्री वितरण गरिएको क्लबका सचिव गंगाधर भण्डारीले बताए ।

सामाजिक संजालमा निरन्तर भुकम्प पिडितहरुको दयनिय अवस्थाका बारेमा समाचार सम्प्रेषण भैरहेको बेला आफुहरु राहत बितरण गर्न सफल भएको डा शाहले बताए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो