टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

बुधबार, मङि्सर २६, २०८० मा प्रकाशित

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट आज (बुधबार) पनि हेर्न  नभ्याउनेमा परेको छ ।

बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको हो ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत   १४ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनीहरुले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो