नेपाली नागरिकता त्याग्दै गैर आवासीय नागरिकता

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

नेपाली नागरिकता त्याग्दै गैर आवासीय नागरिकता

गुल्मी। सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेसँगै गुल्मीमा पनि गैर आवासीय नागरिकता लिनहरूको संख्या दिनानुदिबन बढ्दै गएको छ । जिल्लामा तीन महिनाको अबधिमा ३२ जनाले जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता लिईसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिएका छन । यसरी गैरआवासीय नागरिकता लिनहरूेमा २२ जना पुरुष र दश जना महिला रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गैर आवाशीय नागरिकता लिनेहरूमा अमेरीकाका सात, अष्टे«लीया १४, वेलायतका चार, युगाण्डा एक, हङ्कङ् एक, सिंगापुर एक, स्टोनीया एक, आयरल्याण्ड एक र फिनल्याण्ड दुइ गरि ३२ जना रहेका छन । नेपालबाट विदेश गई उक्त देशको नारिकता लिइसकेका प्रवासी नेपालीहरूले गैर आवासीय नेपाली नागरिकता लिन थालेका हुन ।

जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गते हाल अमेरिकाका बसोवास गर्दैै आउनु भएका रेसुङ्गा नगरपालिका १ का भिष्म मरासिनीलाई पहिलो पटक गैर आवासीय नेपाली नागरिकता प्रदान गरि सेवा प्रारम्भ गरिएको थियो । गैर आवासीय नेपाली नागरिकता लिनका लागि वडा तहदेखि आवश्यक कागजपत्र पुरा गरि आएकाहरूलाई नागकिरता त्याग गरेको प्रमाणको आधारमा भोलीपल्ट नै नागरिकता प्रदान गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

गैर आवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको मुचुल्का र सिफासिस सहितको निवेदन, जिल्ला प्रशासन कार्यालयवाट नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकमा प्राप्त गरेको नागरिकता वा नागरिक भएको प्रमाण, आफु बसेको देशबाट लिएको राहदानीको प्रतिलिपि लगायतका कागजात पेस गरेको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकार बाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागु भएपछि गैर आवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु गरिएको हो ।

गैर आवासीय नागरिकताले भोट दिन, निर्वाचनमा भागलिन र राहदानी बनाउन नपाउने तर सम्पति किन्न र व्यापार व्यवसायमा लगानी गर्न पाउने ब्यवस्था छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्दै आएका वंशज वा जन्मका आधारमा नेपालको नागरिक बनेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो