सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

बिहिबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं।पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मुल्य कायम भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो