स्कटल्याण्डसँग नेपाल पराजित

सोमबार, माघ ०६, २०८१ मा प्रकाशित

स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं, ७ माघ।

१९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। यस हारसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ।

अघिल्लो खेलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो।

आजको खेलमा, बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो। ७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो