सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

मङ्गलबार, माघ ०७, २०८१ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको हो । मूल्यवृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो