राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

मङ्गलबार, माघ ०७, २०८१ मा प्रकाशित

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो