रबिको बयान सकियो, थुनछेक बहसको तयारी

बुधबार, माघ २२, २०८१ मा प्रकाशित

रबिको बयान सकियो, थुनछेक बहसको तयारी

चितवन ।

चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसंगै थुनछेन बहसको तयारी गरिएको छ ।

बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् । सरकारी वकीलको तर्फबाट तीन जना, सहकारी पिडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतनामा दर्ता गरेका छन् ।

जिल्ला सरकारी वकीलको कार्यालय चितवनले मंगलवार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो