काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो । विद्यार्थी राजनीतिबाट आएका पराजुली पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै ३३ विभागमध्येको श्रम विभाग पाएका हुन् ।
सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
बुधबार, माघ २२, २०८१
मा प्रकाशित







