पाल्पा टिप्पर दुर्घटनामा रुपन्देही देवदहका चालकको मृत्यु

बिहिबार, माघ २३, २०८१ मा प्रकाशित

पाल्पा टिप्पर दुर्घटनामा रुपन्देही देवदहका चालकको मृत्यु

पाल्पा ।

पाल्पाको माथागढी गाउँपालिकाको रहवासबाट चुन ढुगां बोकेकोे टिप्पर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

रहवासबाट चुन ढुगां लिएर रुपन्देहीको खैरेनीतर्फ जादै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर माथागढीको सुर्काबासमा बुधबार दुर्घटना हुँदा रुपन्देही देवदहका ३१ वर्षिय सुनिल गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो