पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

आइतबार, माघ २६, २०८१ मा प्रकाशित

पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् । बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो