किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?

सोमबार, माघ २७, २०८१ मा प्रकाशित

किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसमा सोमबार सहभागी भएनन् । पूर्व निर्धारित कार्यक्रममा सहभागी नभएपछि प्रधानमन्त्रीको स्वास्थ्यबारे चर्चा भइरहेको छ । तर प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यक्रममा नजानुमा ‘लेट नाइट’ बसेकाले सहभागी हुन नसकेको जनाएको छ ।

‘त्यस्तो केही समस्या होइन । चार बजे बिहानसम्म प्रधानमन्त्री बस्नुभएकाले उठ्न ढिला भएपछि नजानुभएको हो,’ प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भने, ‘स्वास्थ्यमा समस्याका कारण होइन ।’

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो