सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

मङ्गलबार, माघ २८, २०८१ मा प्रकाशित

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो ।

सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो । आज ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो