एक सय बढी फरार प्रतिवादी पक्राउ

शुक्रबार, फागुन ०१, २०८१ मा प्रकाशित

एक सय बढी फरार प्रतिवादी पक्राउ
दाङ,२ फागुन ।
दाङमा प्रहरीले एक महिनाको अवधिमा सय बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर फरार रहेका एक सय १३ जना प्रतिवादीलाई माघ महिनामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा अदालतबाट फैसला भएको दश बर्षपछि एक जना र पाँच बर्षभन्दा कम समयका एक सय १२ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
फरार प्रतिवादीलाई १३ बर्ष ६ महिना पाँच दिन कैद र ११ लाख ५१ हजार ६ सय २९ रुपियाँ जरिवाना असुलउपर गर्नुपर्ने अदालतले फैसल्ला अनुसार प्रहरीले पक्राउ गरेर बुझाएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो